२०८१ माघ १२, शनिवार , ०१:१०:११ बजे

Sajhamanch
'

शेयर बजार साढे ११ अङ्कले बढ्यो, पाँच अर्ब नौ करोड रुपैयाँको कारोबार

आइतवार, असोज ६, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर २ हजार ५८८ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, उत्पादन, लघुवित्त र म्युचुअल फन्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ । इर्स्टन पावर, आत्मनिर्भर लघुवित्त र सुपर स्यांगे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै रावा इनर्जीको शेयर झन्डै नौ प्रतिशतले ओरालो लागेको छ । १ करोड २४ लाख ८५ हजार कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर विकास कम्पनीको २७ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।