
भद्रपुर । पर्यटन प्रवर्धनसँगै भद्रपुर नगरको पहिचान देश–विदेशमा पुर्याउने उद्देश्यले आयोजना गरिएको ६७ किलोमिटर टुर दि भद्रपुर–२०८३ साइकल यात्रा सम्पन्न गरिएको छ ।
भद्रपुर साइकल समाजको आयोजनामा नेपाल, भारत र भुटानका २३७ जना साइकल–राइडरहरूको सहभागिता रहेको साइकल यात्रा भद्रपुरबाट दक्षिण कचनकवलहुँदै हल्दिबारी परिक्रमा पछि पुनः भद्रपुरमा आएर सम्पन्न भएको हो ।
साइकल यात्रामार्फत् झापाका भद्रपुर, कचनकवल र हल्दिबारीका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा पुरातात्विक क्षेत्रहरु प्रवर्धन र पहिचान गर्नेे लक्ष्य लिएको समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
आज शुक्रबार बिहान ७ बजे शुरू भएको साइकल यात्राको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए ।
समाजका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख राधा कार्की लगायत वडाध्यक्षहरूको सहभागिता थियो ।


