२०८३ वैशाख १८ शुक्रवार , ०४:००:०७ बजे

Sajhamanch
'

पछिल्लो २ सातामा विपद्का ६७४ घटना, ३६ जनाको मृत्यु

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म देशभर ६७४ वटा विपद्का घटना भएका छन् ।

ती घटनामा ३६ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन् । ४३६ परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै वन डढेलोका १९९ र आगलागीका १७० घटना भएका छन् ।

आगलागीमा परी ९ जनाको मृत्यु, ५६ जना घाइते र १०३ परिवार प्रभावित भएका छन् । वन डढेलोमा १ जनाको मृत्यु, २ जना घाइते र २२ परिवार प्रभावित भएका छन् ।

बाढी पहिरोका ५९ घटनामा ५ जनाको मृत्यु भएको छ । ती घटनामा १४ जना घाइते भएका छन् भने १५८ परिवार प्रभावित भएका छन् ।

जंगली जनावरको आक्रमणका २५ घटनामा ३ जनाको मृत्यु र १९ जना घाइते भएका छन् । लेक लाग्ने ८ घटनामा ५ जनाको मृत्यु भएको छ । चट्ट्याङ खस्ने ८ घटनामा पनि ५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा पहिरोका ११, भारी वर्षाका २०, हावाहुरीका १३, छाना उड्ने १ र गोठालोसम्बन्धी ४ घटना पनि अभिलेख भएका छन् । तथ्यांक अनुसार वैशाखको पहिलो १८ दिनमा आगलागी, डढेलो र बाढी पहिरोका घटना उच्च रहेको देखिएको छ ।

सम्बन्धित खबर