२०८३ वैशाख १८ शुक्रवार , ०५:०६:३४ बजे

Sajhamanch
'

धनुषामा १३७ केजी गाँजा बरामद, दुई पक्राउ

शुक्रवार, वैशाख १८, २०८३

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा डिएसपी गणेशबहादुर बमको कमान्डमा खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका–६ लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि नियन्त्रणमा लिँदै उनीहरूलाई पक्राउ गरेको हो।

शुक्रबार बिहान विशेष सूचनाकै आधारमा उनीहरूको साथबाट ठूलो मात्रामा गाँजा बरामद गरिएको कार्यालयका प्रवक्ता बमले जानकारी दिए।

पक्राउ परेकाहरूको साथबाट ५ (पाँच) बोरामा १३७ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। साथै घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर