२०८३ वैशाख १८ शुक्रवार , ०५:२७:५६ बजे

Sajhamanch
'

चीनले इस्वातिनी बाहेक सबै अफ्रिकी देशहरूमा कर हटायो

शुक्रवार, वैशाख १८, २०८३

झापा । चीनले इस्वातिनी बाहेक सबै अफ्रिकी देशहरूमा कर हटाएको छ । चीनले ताइवानसँग कूटनीतिक सम्बन्ध राख्ने इस्वातिनी बाहेक सबै अफ्रिकी देशहरूमा कर हटाएको बीबीसीले जनाएको छ ।

चीनले सन् २०२४ को डिसेम्बरमा ३३ वटा अतिकम विकसित अफ्रिकी देशहरूका लागि भन्सारमुक्त नीति लागू गरिसकेको थियो । अब यो नीतिले ५२ वटा देशलाई समेट्नेछ । यो नीति सन् २०२८ अप्रिल ३० सम्म प्रभावकारी रहने र त्यसपछि के हुन्छ भन्ने कुरा स्पष्ट छैन ।

चीनले अफ्रिकालाई एकतर्फी शून्य–भन्सार लाभ प्रदान गर्ने आफू पहिलो प्रमुख अर्थतन्त्र भएको बताएको छ । तर विश्लेषकहरू चीनले यो अवसरलाई आफ्नो ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्ति बलियो बनाउन प्रयोग गरिरहेको बताउँछन् । चीनसँग ठूलो व्यापार घाटा रहेको अफ्रिकी निर्यातकर्ताहरूका लागि भन्सार महसुल प्रायः मुख्य बाधा नहुने विश्लेषकहरूको भनाइ छ ।

डोनाल्ड ट्रम्प र अमेरिकाको विपरीत चीनले आफूलाई व्यापार उदारीकरणकर्ता र अफ्रिकामैत्री आर्थिक साझेदारका रूपमा प्रस्तुत गरिरहेको खबरमा उल्लेख छ ।

अमेरिकाले गएको अगस्टमा केही अफ्रिकी देशहरूमा ३० प्रतिशतसम्मको भन्सार शुल्क लगाएको थियो, यद्यपि अमेरिकी सर्वोच्च अदालतले धेरैजसो भन्सार शुल्क खारेज गरेपछि धेरैजसो देशहरूमा अब १० प्रतिशत भन्सार शुल्क कायम छ ।

चीनको शून्य–भन्सार व्यवस्थाको विस्तारले अफ्रिकी कृषि निर्यात बढाउन सक्ने अस्टचाइना इन्स्टिच्युटका एक वष्ठि अनुसन्धान फेलो लरेन जोनस्टन बताउनुहुन्छ । यसले ग्रामीण आय बढाउन, ग्रामीण उत्पादकता सुधार गर्न र अन्ततः भोकमरी र गरिबी कम गर्न मद्दत गर्ने उहाँको भनाइ छ ।

सम्बन्धित खबर