२०८३ वैशाख १८ शुक्रवार , १२:५२:५० बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ३ हजार ४०० रुपैयाँले बढ्यो

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । तीन दिन लगातार घटेको सुनको भाउ आज तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर तोलाको दुई लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा १३५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको चार हजार ८१० रुपैयाँ रहेको थियो ।

शुक्रवार, वैशाख १८, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर