
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लाई हराएको छ ।
हिजो बेलुका अहमदवादमा भएको खेलमा गुजरातले आरसीबीलाई ४ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको आरसीबी १९ ओभर २ बलमा १५५ रन बनाउँदा अलआउट भयो । जीतका लागि १५६ रनको लक्ष्य पाएको गुजरातले १५ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
आरसीबी ९ खेलबाट १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने गुजरात ९ खेलबाट १० अङ्कसहित तालिकाका पाँचौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।


