२०८२ फागुन २९ शुक्रवार , ०६:५२:४५ बजे

Sajhamanch
'

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न मानव अधिकार आयोगको ध्यानाकर्षण

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावका कारणले काठमाडौं उपत्यकामा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा परेकोबारे आयोगले ध्यानाकर्षण भएको जनाएको छ । साथै आयोगले कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ ।

आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्रीरवितरण गर्ने डिपोहरूसमेतको अनुगमन तथा अवलोकन गरेको छ ।

अनुगमनबाट आपूर्ति नियमित हुँदा पनि उपभोक्ताले आवश्यकताभन्दा धेरै भण्डारण गर्ने प्रवृत्ति बढेको र कतिपय व्यवसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने गरेकोलगायतका तथ्यहरू प्राप्त भएको आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच उपभोक्तालाई राहत दिने प्रयाससहित आजदेखि आधा सिलिन्डर ग्यास उपलब्ध गराउन शुरू भएको छ । नेपाल आयल निगमको हिजो बसेको सञ्चालन समितिको बैठकले उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर