२०८१ कार्तिक २२, बिहिवार , ०५:४८:१७ बजे

Sajhamanch
'

सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार २०० रुपैयाँ पुग्यो

सोमवार, असोज ७, २०८१

काठमाडौं । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ ।

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ५९ हजार २०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ५८ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोको जस्तै तोलाको १ हजार ९२० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सोमवार, असोज ७, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर