२०८१ माघ ६, आइतवार , ०७:२१:०९ बजे

Sajhamanch
'

आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा पाँचसय रुपैयाँसम्म बोनस

बुधवार, चैत १४, २०८०

काठमाडौं । आइएमई पेले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँचसय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेदेखि शुरु भएको अफर दुई महिन सम्म रहने कम्पनीले जनाएको छ । विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पाँचसय रुपैयाँ बोनससम्म यो अफर पाउन सक्ने छ्न् ।

मनि ग्रामबाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि एकसय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पेमार्फत संसारका कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

सम्बन्धित खबर