२०८३ जेठ ९ शनिवार , ०३:३०:०५ बजे

Sajhamanch
'

कमलमा उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी स्थालगत प्रशिक्षण

शनिवार, जेठ ९, २०८३

कमल । झापाको कमल गाउँपालिकामा उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी स्थालगत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कमल– ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा उक्त स्थालगत प्रशिक्षण Neglected Tropical Diseases (NTD) सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।

एनटीडी अन्तरगत गाउँपालिकाभित्र स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा जनतालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै पालिका भित्रका स्वास्थ्य संस्थाहरुमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।

पालिका स्वास्थ्य शाखाको समन्वय तथा फेयरमेड नेपालको सहयोगमा आयोजित एक दिने कार्यक्रममा लखनपुर स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई एनटिडी सम्बन्धी रोगको पहिचान, रोकथाम, उपचार व्यवस्थापन तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने विषयमा प्रशिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताउनु भयो ।

कार्यक्रममा लखनपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू तथा स्वास्थ्य शाखाका कर्मचारीको सहभागिता थियो । प्रशिक्षणका क्रममा एनटिडी रोग नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, केस व्यवस्थापन तथा समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्ने विषयमा सहजीकरण गरिएको फेयरमेडका निकिता श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि हुनुका साथै समुदायस्तरमा एनटिडी रोग नियन्त्रण तथा न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित खबर