२०८३ जेठ ९ शनिवार , ०३:४८:१० बजे

Sajhamanch
'

एमाले सचिवालय बैठक जारी

शनिवार, जेठ ९, २०८३

भक्तपुर। नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुन्डुमा जारी छ ।

हिजो शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्दैछन् । हिजो उपाध्यक्षहरुले बोलिसकेकाले आज महासचिव, उपमहासचिव र सचिवहरुले आफ्नो धारणा बैठकमा राख्नेछन् ।

राजनीतिक परिस्थितिबारे पदाधिकारीहरुको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्ने पार्टी स्रोतले जनाएको छ ।

सम्बन्धित खबर