२०८३ जेठ ८ शुक्रवार , ०७:००:५९ बजे

Sajhamanch
'

दश महिनाको वैदेशिक व्यापार- करिब १७ खर्बको आयात हुँदा निर्यात दुई खर्ब मात्रै

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि वैशाखसम्म १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

यस अवधिको व्यापार गत आवको सोही अवधिको तुलनामा १४.९२ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

यस अवधिको वैदेशिक व्यापारमा नेपालले १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबरको थियो ।

भन्सार विभागका अनुसार चालू आवको दश महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.८२ प्रतिशत बढी हो । सो अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालू आवको वैशाखसम्म दुई खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.२५ प्रतिशत बढी हो । त्यसबेला दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

सम्बन्धित खबर