
काठमाडौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ ।
आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९३ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँले बढेर तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५० रुपैयाँ थियो ।


