२०८३ जेठ ८ शुक्रवार , ११:४२:४३ बजे

Sajhamanch
'

विश्वकप लिग–२ : नेपालको राम्रो शुरुवात

शुक्रवार, जेठ ८, २०८३

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा अमेरिकाले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरेको हो । वर्षाका कारण टस निर्धारित समयभन्दा आधा घण्टा ढिला भएको थियो ।

नेपालले राम्रो शुरुवात गरेको छ । ताजा अवस्थामा नेपालले ९ ओभरमा बिनाविकेट ६१ रन बनाएर खेलिरहेको छ । ओपनर कुशल भुर्तेलले २६ रन तथा अर्का ओपनर आशिफ शेखले ३० रन बनाएर खेलिरहेका छन् । नेपालले अघिल्लो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।

अमेरिका ३८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल २२ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । नेपालले अघिल्ला खेलमा उतारेकै टोलीलाई निरन्तरता दिएको छ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन्।

जारी शृङ्खलामा नेपालले पहिलो खेलमा स्कटल्यान्डसँग डिएल पद्धतिमा २ रनले पराजित भएको थियो । त्यसपछि नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।

सम्बन्धित खबर