
काठमाडौं । मंगोलियाको उलानबतारमा भएको प्रतियोगितामा प्रेम लिम्बू र आयशा शाक्य ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।
तेक्वान्दो खेलाडीद्वय प्रेम र आयशाले नवौँ एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् । प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।
अघिल्लो दिन त्यही उमेर समूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए । प्रेमले क्वाटर फाइनलमा कुवेतविरुद्ध वाकओभर पाएका थिए । त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग ८.९–८.६ अङ्कले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।


