
काठमाडौं । विभिन्न ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि अनुसार प्राप्त आवेदनहरूको विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार अनलाइन माध्यमबाट उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएका छन् । सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन परेको छ । पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ वटा आवेदन परेका छन् ।
यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ आवेदन परेको मन्त्रालयले जनाएको छ ।


