
झापा । झापाको माईखोला किनारमा बेवारिसे अवस्थामा अवैध काठ फेला परेको छ ।आज बिहान ५ः३० बजे शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलाको किनारमा सखुवा जातको चिरान काठ फेला परेको हो ।
अन्दाजी ८० हजार मूल्य बराबरको २८ वटा फेन्टा (अन्दाजी ३० क्यूवि) अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको टोलीले फेला पारी आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


