२०८३ जेठ ८ शुक्रवार , ०४:५७:३३ बजे

Sajhamanch
'

क्युबा अमेरिकाका लागि खतरा : मार्को रुबियो

शुक्रवार, जेठ ८, २०८३

झापा । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि ‘राष्ट्रिय सुरक्षा खतरा’ भएको टिप्पणी गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनुभएको बीबीसीले जनाएको छ ।

सन् १९९६ मा दुई वटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेशमन्त्री रुबियोको यो टिप्पणी आएको हो ।

अमेरिकाको प्राथमिकता ‘कूटनीतिक समाधान’ भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

यसैबीच क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले रुबियोलाई ‘झुट बोलेको’ आरोप लगाउँदै क्युबाले कहिल्यै अमेरिकाका लागि खतरा नबनाएको बताउनुभएको छ ।

क्युबाका विदेशमन्त्रीले अमेरिकी विदेशमन्त्री रुबियोलाई ‘सैन्य आक्रमणलाई उक्साउने’ प्रयास गरेको आरोप पनि लगाउनुभयो । यस्तै अमेरिकी सरकारले क्युबालाई ‘निर्दयी र योजनाबद्ध रूपमा’ आक्रमण गरिरहेको उहाँको भनाइ छ ।

सम्बन्धित खबर