२०८३ जेठ ९ शनिवार , १२:५७:४९ बजे

Sajhamanch
'

झापा कारागारका कैदी घिमिरेको बिएण्डसी अस्पतालमा मृत्यु

शनिवार, जेठ ९, २०८३

झापा । झापा कारागारमा कैदी जीवन बिताइरहेका एक बृद्धको मृत्यु भएको छ ।

पाँचथरको साविक नागी गाविस–९ घर भई जवरजस्ती करणी मुद्दामा सजाय काटिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान मृत्यु भएको हो ।

हाल जिल्ला कारागार झापामा रहेका उनलाई बिहीबार साँझ ५ बजे स्वास फेर्न गाह्रो भएपछि उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि राति ९ः४५ बजे ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएको थियो । सोही अस्पतालको आइसीयुमा राखी उपचार भइरहेकोमा शुक्रबार राति ८ः५० बजे चिकित्सकको सल्लाह अनुसार बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो ।

उपचार क्रममा आज शनिबार बिहान ३ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

जवरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका घिमिरेले ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए ।

सम्बन्धित खबर