२०८१ वैशाख २८, शुक्रवार , ०८:२३:४१ बजे

Sajhamanch
'

मतपेटिका संकलन पछि इलाममा आजै मतगणना सुरु गर्ने तयारी

शनिवार, वैशाख १५, २०८१

इलाम । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना आजै रातिदेखि सुरु गर्ने तयारी छ । आज अपरान्ह ५ बजेदेखि मतगणनाको समय तोकिए पनि मतदान गर्न लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्ने आयोगले जनाएको छ ।

त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’ प्रजिअ यादवले सञ्चारकर्मीलाई बताए ।

भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्ने प्रजिअ यादवको भनाई छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ ।

मतपेटिकाको ढुवानी ढिलो भएमा सो को संकलन पछि आइतबारदेखि मतगणना गर्ने तयारी छ ।

सम्बन्धित खबर