२०८१ जेठ ७, सोमवार , ०५:१२:२६ बजे

Sajhamanch
'

‘सिकन्दर’मा सलमान र रश्मिकाले जोडी बाँध्ने

शुक्रवार, वैशाख २८, २०८१

बलिउड अभिनेता सलमान खानले यस वर्षको इदमा नयाँ फिल्म ‘सिकन्दर’को घोषणा गरेका थिए । यतिबेला यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट आएको छ ।फिल्मको मुख्य अभिनेत्रीमा रश्मिका मन्दानालाई कास्ट गरिएको छ । बलिउडका दबंग सलमानसँग रश्मिकाको यो पहिलो फिल्म हुनेछ । निर्माताले इन्स्टाग्राममा एक पोस्टर सेयर गर्दै रश्मिकालाई स्वागत गरेका छन् ।हालैको ब्लकबस्टर ‘एनिमल’को सफलतापछि रश्मिका ‘सिकन्दर’मा दर्शकको मन जित्न तयार छिन् । सलमान र रश्मिकाको जोडी तयार भएपछि यसले दर्शकमा उत्साह पैदा गरेको छ । यो फिल्म सन् २०२५ को इदमा प्रदर्शन हुने जनाइएको छ । एआर मुरुगाडोस निर्देशित र साजिद नाडियाडवालाले निर्माण गर्ने यो फिल्मलाई लिएर यतिबेला पर्खाइ छ ।

फिल्मको घोषणाबारेको पोस्टमा रश्मिकाले लेखेकी छन्, ‘तपाईंहरु लामो समयदेखि मलाई नयाँ फिल्मको बारेमा सोध्दै हुनुहुन्छ र यो यहाँ छ । म साँच्चै कृतज्ञ छु र एक हुनुमा सम्मानित महसुस गरेकी छु । सिकन्दरको हिस्सा बन्न पाउँदा खुसी छु ।’फिल्मको छायांकन पनि सुरु भइसकेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा सलमानलाई एक युवतीसँग पोज दिइरहेको देख्न सकिन्छ । एजेन्सी