२०८३ वैशाख ३१ बिहिवार , ०१:१२:५७ बजे

Sajhamanch
'

कोशीको प्रदेशसभा बैठक जेठ ६ गतेका लागि तय

बिहिवार, वैशाख ३१, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठक विराटनरको वीरेन्द्रसभा गृहमा बस्नेछ ।

संघीय सरकारले संसद छलेर अध्यादेश ल्याउँदा विरोध गरेका प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रीपरिषद् बैठकबाट प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्ने निर्णय गराएका थिए ।

प्रदेश प्रमुखले बुधबार अध्यादेश जारी गरेका थिए । बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले जेठ ६ गते बैठक आह्वान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले जानकारी दिए ।

बैठकले प्रदेश योजना आयोगको सदस्यमा सुनसरी धरानकी मनिता घिमिरेलाई मनोनित गर्ने निर्णय गरेको पराजुलीले जानकारी दिए ।

सम्बन्धित खबर