२०८३ वैशाख ३० बुधवार , ०९:१५:१६ बजे

Sajhamanch
'

बिर्तामोडमा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम भोलिसम्म सञ्चालन हुने

बुधवार, वैशाख ३०, २०८३

झापा । बिर्तामोड नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भइरहेको छ । वैशाख २१ गतेदेखि सुरु भएको यो अभियान भोलिसम्म सञ्चालन हुने जनाइएको छ ।

नगरका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका २४ स्थानमा केन्द्र तोकेर कार्यक्रम सञ्चालन गरिएको फोकल पर्सन सङ्गीता अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पाखुराको नाप, उमेरअनुसार लम्बाइ/उचाइ तथा तौल मापन गरी पोषण अवस्थाको लेखाजोखा भइरहेको छ ।

स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार कार्यक्रमको दैनिक अनुगमनसमेत भइरहेको छ । उहाँले पोषण अवस्थाको पहिचान गरी कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइने बताउनु भयो ।

स्वास्थ्य शाखाका अजय पौडेलले मध्यम तथा शीघ्र कुपोषण देखिएका बालबालिकालाई आवश्यकता अनुसार निःशुल्क पोषकतत्त्व वितरण गरिने तथा कडा कुपोषण भएका बालबालिकालाई पोषण पुनर्स्थापना केन्द्र भद्रपुरमा रेफर गरिने जानकारी दिनुभयो ।

सम्बन्धित खबर