
शिवसताक्षी । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)-को नतिजा उत्साहजनक देखिएको छ ।
नगरका सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ८० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्ष नगरका सामुदायिक विद्यालयबाट ६४४ र संस्थागत विद्यालयबाट ४५० गरी कुल १ हजार ९४ विद्यार्थी एसईई परीक्षामा सहभागी भएको शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

जसमध्ये सामुदायिक विद्यालयतर्फ ४३१ तथा संस्थागत विद्यालयतर्फ ४२९ जना गरी कुल ८६० विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्ष सामुदायिक विद्यालयतर्फ दुई विद्यार्थीले उत्कृष्ट ४ जिपिए प्राप्त गर्न सफल भएका छन् । भानु माध्यमिक विद्यालय लालझोडाका कञ्चन काफ्ले तथा भानु माध्यमिक विद्यालय पाराबारीका मञ्जिल नेपालले ४ जिपिए ल्याएका हुन् ।
त्यस्तै संस्थागत विद्यालयतर्फ रेडरोज एकाडेमीका आभार तिम्सिनाले ३ दशमलव ९६ जिपिए प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ ।


