२०८१ जेठ ७, सोमवार , ०४:३६:४८ बजे

Sajhamanch
'

भद्रपुरमा लागू औषध दुर्व्यसनी विषयमा कार्यशाला

बिहिवार, वैशाख २७, २०८१

भद्रपुर । झापाको भद्रपुरमा लागू औषध दुर्व्यसनी तथा ओसारपसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम बिहीबारदेखि शुरु भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र नारी सञ्चारर गृह झापाको आयोजनामा सो कार्यक्रम सुरु भएको हो ।

भद्रपुर नगरपालिकाका अलग अलग दुई ठाउँमा हुने दुई दिने कार्यशाला गोष्ठीको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले उद्घाटन गरेका थिए । गोष्ठीको उद्घाटन गर्दै प्रमुख निरौलाले लागू औषध दुर्व्यसनी र ओसार पसारको अवस्था भयानक बन्दै गएको बताउँदै न्युनीकरण तथा नियन्त्रणमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

दुर्व्यसनले कसैलाई पनि भलो नगर्ने बताउँदै निरौलाले कम्तीमा आ–आफ्नो घरमात्रै सुधार गर्दा पनि स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने बताउँदै सबै सचेत भएर लागू औषध विरुद्ध उभिन आह्वान गरे ।

सो कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर कँडेलले लागू औषध दुर्व्यसन र ओसारपसार समस्याका रुपमा देखापरेको बताउँदै नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वडा नं. १ का वडाध्यक्ष रामप्रसाद अधिकारीले मुख्य समस्यालाई पहिचान गरेर कार्यक्रम आयोजना गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

भद्रपुर नगरपालिका वडा नं. १, २ र ३ मा रहेका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, आमा समूहमा आवद्ध महिलाहरु लगायतको सहभागिता रहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत इलाका प्रहरी कार्यालय हल्दिबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले लागू औषध प्रयोगको जिल्लाको तुलनात्मक तथ्याङ्कीय अवस्था, कानूनी व्यवस्था, लागू औषध प्रयोगमा बालबालिका, महिला, युवा तथा वयस्कका अवस्था लगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा लागू औषध दुर्व्यसन के हो ? लागू औषध दुव्र्यसनका चरणहरु, लागू औषध सेवनकर्तालाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार, लागू औषध प्रयोगकर्ताको घर परिवारमा पर्ने असर तथा व्यक्ति स्वयंलाई हुने असर, लत लागेकालाई खान नपाउँदा हुने असर, प्रयोगकर्तालाई सुधार गर्नका लागि घर परिवार र समाजले गर्ने व्यवहार, पुनस्र्थापना केन्द्रको आवश्यकता र महत्व लगायतका विषयमा पुनःजन्म समूह नेपालका राजु गिरीले सहजीकरण गरेका थिए ।

नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष सावित्रा दाहालले समस्याका रुपमा देखिएको लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणमा समाजको भूमिका लगायतका विषयमा सहजीकरण गरेका थिए ।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वागत तथा औचित्य माथि भीमा शिवाकोटीले प्रकाश पारेकी थिइन् भने कार्यक्रम संयोजक जोस्ना श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबर