२०८१ साउन ११, शुक्रवार , ०५:२२:४९ बजे

Sajhamanch
'

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमः १ हजार नर्सले पाए रोजगार

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । नेपाल सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत १ हजार नर्सले रोजगार पाएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाका अनुसार सो कार्यक्रमबाट १ हजार नर्सले रोजगार प्राप्त गरेका हुन् ।

‘यो कार्यक्रममा १ हजार बढी सरकारी विद्यालयमा एक नर्स राखेको अवस्था छ,’ उनले भनिन्, ‘संघीय मन्त्रालयको बजेटबाट २ सय २७ स्थानका विद्यालयमा नर्स राखिएको छ ।’

निरौलाले देशभर सरकारी र निजी गरेर ३४ हजार बढी विद्यालय रहेका जानकारी दिइन् । ‘सरकारी विद्यालय मात्रै २६ हजार बढी छन्,’ उनले भनिन्, ‘सरकारी र निजी विद्यालयमा एक विद्यालय, एक नर्स कार्यक्रम लागू गर्नसके नर्सिङ जनशक्तिले रोजगारी प्राप्त गथ्र्यो ।’

विद्यार्थीको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रवर्द्र्धन गर्न र सिकाईमैत्री वातावरण बनाउन सबै विद्यालयमा एक नर्स राख्न आवश्यक रहेको उनले बताइन् ।

सम्बन्धित खबर