२०८१ जेठ ७, सोमवार , ०७:३७:३९ बजे

Sajhamanch
'

बिर्तामोडकी मिखेम इन्टरनेशनल लेभल अबाकस एण्ड मेन्टल अर्थमेटिक कम्पिटिसनमा उत्कृष्ट बनिन्

शुक्रवार, वैशाख २८, २०८१

झापा । गत अप्रिल २८ (वैशाख १६ गते) भारतको मध्यप्रदेशस्थित उज्जैनमा सम्पन्न अन्तराष्ट्रिय अबाकस अंकगणित प्रतियोगितामा झापाको बिर्तामोड केन्द्रबाट सहभागी विद्यार्थी मिखेम सुब्बा उत्कृष्ट प्रतिष्पर्धी बनेकी छन् ।

सो एमपास इन्टरनेशनल लेभल अबाकस एण्ड मेन्टल अर्थमेटिक कम्पिटिसन २०२४ मा नेपालबाट ६ जनासहित भारतका करिब एक हजार ५०० जना विद्यार्थी सहभागी थिए ।

गणित विषयमा स्कूले नानी बाबुहरुको तेज स्मरण शक्तिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिने अबाकस तालिम अन्तरगत यस्तो प्रतियोगिता गराइएको हो । उक्त प्रतियोगितामा ८ मिनेटको समयमा सहभागी प्रतिष्पर्धी बालबालिकाले २०० वटा प्रश्नहरुको उत्तर दिएका आयोजकको भनाई छ ।

प्राप्त जानकारी अनुसार नेपालका सबै प्रतिस्पर्धीहरु मेरिटमा टपटेन भएका थिए । तीमध्ये बिर्तामोडकी मिखेमले लेभल वानको म्यारिटमा फर्स्ट तथा प्रतिस्पर्धी मध्ये चौथो स्थान पाएको उनका बुवा हर्क सुब्बाले जनाएका छन्।

एम्पास अवाकस च्याम्पियनसिपमा मिखेमले पदक जितेको उनले तालिम लिइरहेको युसिमास बिर्तामोडका प्रमुख दिलिप शर्माले पुष्टि गरेका छन् । शर्माले तालिम केन्द्रमा नै बोलाएर मिखेमसहित परिवारमा बधाइ ज्ञापन गरेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

सयौं प्रतिष्पर्धीहरु माझ आफूलाई उत्कृष्ट बनाउन सफल मिखेम बिर्तामोड देउनियास्थित सेन्ट जेभियर्स स्कूलमा अध्ययन गर्छिन् । उनी देवी उडन एण्ड स्टिल फर्निचर उद्योगका सञ्चालक हर्क सुब्बा र प्रियङ्का सुब्बाकी पहिलो सन्तान हुन् ।