२०८१ जेठ ७, सोमवार , ०५:१२:०६ बजे

Sajhamanch
'

आजको मौसम

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं ।  पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहारको आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशसहित देशको पहाडी भूभागको केही स्थानमा शुक्रबार पनि मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर