२०८३ जेठ ९ शनिवार , ०४:५७:२९ बजे

Sajhamanch
'

बारामा आफ्नै कार्यकर्ताद्वारा रास्वपाका चार सांसदहरु लखेटिए

शनिवार, जेठ ९, २०८३

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोलिएको छ ।

जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेर सांसदहरु समेतलाई कार्यक्रमस्थलबाट लखेटेका छन् ।

बारा १ का सांसद गणेश धिमालले स्वर्णकार समर्थक कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेको जनाए ।

स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने माग राख्दै उनका समर्थकले बाराका सांसदहरूविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रमस्थलमा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि हातपातको प्रयास गरिएको थियो । प्रहरीले हलमा प्रवेश गरेर हस्तक्षेप गरी सांसदहरूलाई कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो ।

कलैयाको करणराज होटलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पार्टीबाट निष्काशनमा परेका स्वर्णकारले बारा जिल्लाका सांसदहरूले आफू निकट व्यक्तिहरुलाई मात्रै समेटेर जिल्ला समिति बनाउने प्रयास गरेपछि पार्टीका पुराना कार्यकर्ताले विरोध जनाएको बताएका छन् ।

सम्बन्धित खबर