२०८३ जेठ ५ मङ्गलवार , ०५:२४:२९ बजे

Sajhamanch
'

ताइवानले भन्यो– ‘चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत’

मङ्गलवार, जेठ ५, २०८३

झापा । ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ । चिनियाँ नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो ।

ताइवानका प्रधानमन्त्री चो जङ्ग–ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनीतिक दबाव बढाएको छ । यस्तै चीनले ताइवानका राष्ट्रपति लाई चिङ–ते ‘पृथकतावादी’ भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ ।

राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधिबारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

चीनले ताइवान स्ट्रेट क्षेत्र, इन्डो–प्यासिफिक क्षेत्र, दक्षिण चीन सागर र जापान वरिपरि पनि विभिन्न स्तर र प्रकारका सैन्य अभ्यासहरू सञ्चालन गरिरहेकोले नेभिगेसन सुरक्षालाई असर गरिरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर