२०८३ जेठ ५ मङ्गलवार , ०४:२९:०५ बजे

Sajhamanch
'

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिनु भएको छ ।

बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गर्नुभयो ।

सांसद भूमिका सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रम नीति तथा कार्यक्रममा छुटाउनै नहुने बताउनु भयो । धनबहादुर बुढाले डिजिटल डोल्पा र पूर्ण इन्टरनेट डोल्पा बनाउन सरकारसमक्ष माग गर्नुभयो ।

सांसद सरस्वती लामाले जनता महँगीको मारमा परेको र उनीहरूको जीवन सहजीकरण गर्नतर्फ सरकारले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउनु भयो ।

सांसद केपी खनालले सरकारले सुकुम्बासीलाई दुर्गन्धित खोला क्षेत्रबाट हटाएर सम्मानित र व्यवस्थित जीवनयापनका लागि प्रयास गरेको बताउनु भयो ।

सांसद प्रकाशचन्द्र परियारले समृद्धि मात्रै नभएर समानतामूलक समृद्धि आवश्यक रहेको धारणा राख्नुभयो ।

दलीय आधारमा विशेष समय लिएर सांसद आनन्द चन्द, देवराज पाठक, यज्ञबहादुर बोगटी, अम्विकादेवी सङ्ग्रौला, विष्णुबहादुर खड्का, सुलभ खरेलले समेत संसद्मा धारणा राख्नु भएको थियो ।

सम्बन्धित खबर