२०८३ जेठ ५ मङ्गलवार , ०५:१८:५५ बजे

Sajhamanch
'

६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ६.५१ अंक घटेको छ । सो कमीपछि २७२४ अंकमा कायम भएको छ । ११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रह्यो ।

कारोबार रकममा केही सुधार आएको छ । अघिल्लो दिन २ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडको भयो । पूरा अवधि (४ घण्टा) कारोबार हुँदा अघिल्लो दिनको कारोबार रकम २ वर्षकै न्यून हो । व्यापार समूह सबैभन्दा धेरै १.२४ प्रतिशत घट्यो ।

अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१०, होटल तथा पर्यटन ०.५६, हाइड्रोपावर ०.५०, लगानी ०.२२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.६७ तथा अन्य समूह ०.३९ प्रतिशत घटे ।

निर्जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.१२, विकास बैंक ०.७७ र फाइनान्स ०.०७ प्रतिशत बढे ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशत बढेको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ६.४१, दरामखोला हाइड्रो इनर्जीको ३.६१ प्रतिशत मूल्य बढ्यो। सिटी होटलको मूल्य ६.८४, थ्रीस्टार हाइड्रोपावरको ५.८२, झापा इनर्जीको ४.४३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सिटी होटल, साहस ऊर्जा, आँखुखोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई प्यानल छन् ।

सम्बन्धित खबर