२०८१ चैत १८, सोमवार , ०९:४५:५४ बजे

Sajhamanch
'

सूचीकरण नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालनमा रोक लगाउने मन्त्रालयको चेतावनी

बुधवार, चैत १३, २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका अनुसार मन्त्रालयमा सूचीकरण गर्न सूचना प्रकाशित गरेको छ ।

मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधि मार्फत सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को अनुसूची – १ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिन भनेको छ ।

साथै उल्लिखित व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान समेत निर्देशिकामा रहेको छ । कानुनी व्यवस्था अनुसार हालसम्म भाइवर मिडिया एस।ए।आर।एल टिकटक प्रालि र सारांश मिडिया प्रालि मन्त्रालयमा सूचीकरण भएर सञ्चालन भएको जनाएको छ ।

‘नेपाल भित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गरेका उल्लिखित बाहेक अन्य सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम ३० दिनभित्र यस मन्त्रालयमा सूचीकरण गर्नुहुन तथा नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्नु हुन यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ’, मन्त्रालयले भनेको छ । मन्त्रालयले तोकिएको समय भित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्देशिकाको दफा ३ को उपदफा ९७० बमोजिम मन्त्रालयले नेपाल भित्र सञ्चालनमा रोक लगाउन सक्ने ब्यहोरा समेत जानकारी गराएको छ ।

suchana

सम्बन्धित खबर