२०८१ पौष २५, बिहिवार , ०७:१७:४३ बजे

Sajhamanch
'

शेयर बजार झन्डै ५९ अङ्कले घटेर २५०० विन्दुभन्दा तल

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर २ हजार ४७० दशमलव ३९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ ।

आज ३०९ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ५ अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ ।

मङ्गलवार, असोज ८, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर