भद्रपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी हुन आज झापा आइपुगेका छन् ।
भद्रपुर विमानस्थल हुँदै अहिले दिउँसो ओली झापा आइपुगेका हुन् । उनलाई स्वागत गर्न झापाका नेताहरु विमानस्थल पुगेका थिए । झापा क्षेत्र नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दमक नगरपालिकामा पुगेर ओलीले प्रतिनिधिसभा सदस्य विजयी भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओली आज दमक नगरपालिकामा आयोजना गरिने विजय जुलुसमा सहभागी हुनेछन् भने भोलि कमल, गौरादह र गौरीगञ्जमा आयोजना हुने विजयोत्सवमा सहभागिता रहने झापा ५ का संयोजक तुलसी कार्कीले बताएका छन् ।