२०८३ जेठ १८ सोमवार , १२:१४:०१ बजे

Sajhamanch
'

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे धारणा बनाउन सर्वदलीय बैठक बस्दै

सोमवार, जेठ १८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो ।

प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्न लागेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिनुभयो ।‘प्रधानमन्त्रीको अभिव्यक्ति र समसामयिक विषयमा छलफल गर्ने गरी सर्वदलीय बैठक बस्न लागेको हो’ राईले भन्नुभयो ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उहाँले भन्नु भएको थियो, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उहाँले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताउनु भएको थियो ।

यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदीय अखिलेखबाटै हटाउन माग गरेका छन् ।