
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीन वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ ।
समितिका अनुसार समस्याग्रस्त घोषित तीन वटा सहकारीका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।
समितिले तपाई हाम्रो हुउद्देश्यीय सहकारी, घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक गरेको हो । समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ ।
अन्यथा कानुन बमोजिम असुली गरिने उल्लेख छ । साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ ।
समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ऋणीहरूको नाम सूचीमा उल्लेख छ ।



