२०८३ जेठ १२ मङ्गलवार , १२:२६:५० बजे

Sajhamanch
'

आज सुनचाँदीको भाउ घट्यो

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा २ लाख ९२ हजार ८०० रुपैयाँ रहेकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ९० रुपैयाँ घटेको हो । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

मङ्गलवार, जेठ १२, २०८३ | अर्थतन्त्र, समाज