२०८३ जेठ १२ मङ्गलवार , ११:३८:३७ बजे

Sajhamanch
'

सप्तकोशी नदी बीचको टापुबाट ४७५ किलो गाँजा बरामद

मङ्गलवार, जेठ १२, २०८३

झापा । सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले ४७५ किलोग्राम गाँजा बरामद गरेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट इन्सपेक्टर मेघराज राउत र सुरक्षा वेश रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।

नदीको बीच टापुमा भएकोले सशस्त्र प्रहरीले र्‍याप बोटको प्रयोग गरी गाँजा बरामद गरी नदीबाट बाहिर निकालेको थियो । बरामद गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

मङ्गलवार, जेठ १२, २०८३ | अपराध, समाज

सम्बन्धित खबर