२०८३ जेठ १२ मङ्गलवार , ११:३८:३९ बजे

Sajhamanch
'

कोशीदेखि लुम्बिनीसम्मका जिल्लामा हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

मङ्गलवार, जेठ १२, २०८३

काठमाडौं । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरी चल्ने जानकारी दिएको हो ।

हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज हावा हुरीबाट प्रभावित हुने जिल्लाहरु यी हुन्–

कोशी प्रदेश : झापा र मोरङ सहित आसपासका जिल्ला

मधेश प्रदेश : बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्ला

बागमती प्रदेश : मकवानपुर र चितवन सहित आसपासका जिल्ला

गण्डकी प्रदेश : नवलपुर र तनहुँ सहित आसपासका जिल्ला

लुम्बिनी प्रदेश : रुपन्देही सहित आसपासका जिल्ला ।

सम्बन्धित खबर