२०८३ वैशाख २१ सोमवार , ०२:०१:२५ बजे

Sajhamanch
'

प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई दृश्य सङ्कलनमा अवरोध

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य सङ्कलन (भिडियो खिच्न) मा अवरोध पुर्‍याइएको छ ।

कार्यालय बाहिरबाट भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री बालेन शाहले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले बाहिरबाट भिडियो खिचिरहेका पत्रकारहरूतर्फ सङ्केत गर्दै सुरक्षाकर्मीहरूसँग असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले बाहिर रहेका भिडियो पत्रकारहरूलाई सो स्थानबाट तत्काल निस्कन र दृश्य सङ्कलन नगर्न आदेश दिनु भएको थियो ।

सम्बन्धित खबर