२०८३ वैशाख २१ सोमवार , ०१:१०:५६ बजे

Sajhamanch
'

अझै केही दिन पानी पर्ने, आज तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । अझै केही दिन पानी पर्ने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ । अरु प्रदेशका केही ठाउँमा पनि हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा अरु प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान छ । पर्सि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

ठूलो पानी पर्ने क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा चट्याङ्ग र हावाहुरीबाट जोगिन सुरक्षित ठाउँमा बस्न महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित खबर