
काठमाडौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन तोलामा ३०० रुपैयाँले घटेर दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा दुई लाख ९५ हजार १०० रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने २० रुपैयाँ बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पाँच हजार १० रुपैयाँ थियो ।


