२०८३ वैशाख २१ सोमवार , १२:११:१५ बजे

Sajhamanch
'

सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक

सोमवार, वैशाख २१, २०८३

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाउनु भएको छ ।

सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा बैठक आह्वान गरिएको जानकारी दिनु भएको हो ।

सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेको कुँवरले जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।

सम्बन्धित खबर