
काठमाडौं । सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाउनु भएको छ । आज बिहान गृह मन्त्रालयमा भएको कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उहाँलाई दर्ज्यानी चिह्न लगाईदिनु भएको हो ।
योसँगै पौडेलको कार्यकाल औपचारिक रूपमा शुरु भएको छ । पौडेल सशस्त्र प्रहरीका १३औँ आईजीपी हुनुहुन्छ । गएको वैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो ।
यसअघिका आईजीपी राजु अर्यालले चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ मा अवकाश पाउनुभएको छ ।


