
अर्जुनधारा । संघीय सरकारले विद्यालयको भर्ना बैशाख १५ गतेमात्र खोल्न निर्देशन दिए विपरीत भर्ना खुलेको विज्ञापन गरिरहेको एउटा सिटी सफारीलाई अर्जुनधाराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान ८ बजे अर्जुनधारा २ र ३ को सिमाना खुदुनाबारीको फाल्गुनन्द चोकमा प्र १–०१–००१ ह ८६४८ नम्बरको सिटी सफारीमा अर्जुनधारा २ स्थित प्रतिभा नमूना अग्रेजी विद्यालयको भर्ना सम्बन्धी विज्ञापन गरिरहेको अवस्थामा उक्त सिटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।
अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले फोनमार्फत जानकारी गराएपछि अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले उक्त सिटी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।


