
सुनसरी । भारततर्फ लैजाँदै गरेको १६० किलो गाँजा सुनसरीको बर्जुगाँउपालिकाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सुनसरीको बर्जु गाउँपालिकाबाट सशस्त्र प्रहरी बलको टोलीले भारततर्फ तस्करी हुँदै आएको ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक श्यामकुमार कार्कीकाअनुसार बुधबार मध्य विहान करिब पौने ३ बजे भारतीय सीमा नजिक रहेको गाँउपालिका ३ बाट १६० किलो गाँजा बरामद गरेको हो ।
मध्यविहान सीमा नजिक शंकास्पद गतिविधि देखिएपछि प्रहरीले आफ्नो निगरानी बढाउँदै गर्दा सो परिमाणमा गाँजा बरामद भएको उनले बताए ।
नेपालबाट भारततर्फ केही ब्यक्तिले पोका बोकेर लैजादै गर्दा प्रहरीले पछ्याएको थियो । सशस्त्र प्रहरीले आफ्नो गतिवीधि बढाएको देखेपछि गाँजा बाकेका ब्यक्तीहरु भाग्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सो क्रममा सशस्त्र प्रहरी बलको टोलीले पोका पारिएको अवस्थामा गाँजा बरामद भएको थियो।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर बीओपी सशस्त्र अमडुवामा राखिएको बताइएको छ ।
घटनाका बारेमा आवश्यक विवरण संकलन भइरहेको र फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरी बल सुनसरीका सशस्त्र प्रहरी उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।


