२०८३ वैशाख ६ आइतवार , १२:५४:११ बजे

Sajhamanch
'

बुट्टाबारी गोल्ड कप : आज दोस्रो क्वाटरफाइनलमा बेलबारी र रेडहर्स भिड्दै

आइतवार, वैशाख ६, २०८३

झापा । ‘एनी चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’अन्तर्गत आज दोस्रो क्वाटरफाइनलमा बेलबारी फुटबल क्लब मोरङ र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ।

बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ। आजको विजेता टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ।

यसअघि प्रतियोगिताको हिजो भएको उद्घाटन खेलमा आयोजक बुट्टाबारी युनाइटेडले भारतको तरञ्जुबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुने छ।

सम्बन्धित खबर