२०८३ वैशाख ६ आइतवार , १२:५४:५७ बजे

Sajhamanch
'

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज इटालीसँग खेल्दै

आइतवार, वैशाख ६, २०८३

काठमाडौं । आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । यो खेल बेलुकी पौने ५ बजे रुवान्डामा शुरु हुनेछ ।

पहिलो खेलमा नेपाल हिजो अमेरिकासँग ४४ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित अमेरिका, इटाली, रुवान्डा र भानुआतु छन् । खेल डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतियोगिता मे १ तारिख अर्थात् वैशाख १८ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर